कर्णाली दुर्घटनाप्रति प्रधानमन्त्री दुःखी

(0 Votes)

काठमाडौं, चैत्र ६ - ३२ जनाको ज्यान जाने गरी बिहीबार कर्णालीमा भएको यात्रु बस दुर्घटनाप्रति प्रधानमन्त्री माधवकुमार नेपालले दुःख व्यक्त गरेका छन् ।

कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको मान्मबाट सुर्खेततर्फ आइरहेको यात्रुबाहक बस दैलेखको पिपलकोटमा दुर्घटनाग्रस्त हुँदा ३२ जनाको ज्यान गएको थियो । दुर्घटनामा एक दर्जन यात्रु गम्भीर घाइते भएका छन् भने केही यात्रु हराइरहेको अनुमान गरिएको छ ।

'यस दुखद् दुर्घटनामा परी ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक समवेदना प्रकट गर्दै उहाँहरुको परिवारजनप्रति समवेदना प्रकट गर्दछु,' शुक्रबार शोक बक्तव्य जारी गर्दै प्रधानमन्त्री नेपालले भनेका छन्, 'साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'

दुर्घटनामा परी हराइरहेकाहरुको खोजीका लागि तीब्र रुपमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्रीले बताए । 'छिटोभन्दा छिटो उनीहरुको अवस्था पत्ता लगाउन सम्बन्धित निकायहरु दुर्घटना क्षेत्रमा खटिइरहेका छन्,' प्रधानमन्त्रीले आफ्नो बक्तव्यमा भनेका छन्, 'हिजै सरकारले घाइतेहरुलाई हेलिकोप्टरबाट उद्दार गरी अस्पतालसम्म पुर्‍याइसकेको छ भने बाँकीको पनि उद्दार गर्न कुनै कसर बाँकी राख्ने छैन ।'

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।