नियुक्तिमा भागबण्डा मिल्यो/चार बजेको मन्त्रिपरिषद्ले गर्भनर नियुक्ति गर्ने
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ६ - प्रधानमन्त्री माधव नेपालसहित प्रमुख सत्तारुढ दलहरु काँग्रेस र एमालेको बठैकले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नरलगायत संबैधानिक निकायहरुको नियुक्तिमा भागबण्डा मिलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा गर्भनरमा एमालेका तर्फबाट प्रस्तावित युवराज खतिवडाको नाममा सहमति जुटेको छ भने राष्ट्रिय योजना आयोग र गरिवी निवारण कोषको उपाध्यक्षमा काँग्रेसले पठाउनेछ ।
त्यसैगरी दुई दलबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षक र लोक सेवा आयोगको पदाधिकारी नियुक्तिमा पनि सहमति जुटेको स्रोतले बताएको छ । यद्यपी यसको बिस्तृत विवरण आइसकेको छैन ।
बैठकमा काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, मन्त्रीहरु प्रकाशसरण महत, मीनेन्द्र रिजालसहित र एमालेका तर्फबाट प्रधानमन्त्री नेपालसहितका नेताहरु सहभागी थिए ।
सत्तारुढ दलहरुबीच भागबण्ड नमिल्दा करिव दुई महिनादेखि गभर्नर पद खाली थियो । बिहीबार नियुक्ति गर्नका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको भएपनि अन्य संबैधानिक निकायका पदाधिकारीसहित प्याकेजमा नियुक्ति गर्नु पर्ने काँग्रेसका मन्त्रीहरुले प्रस्ताव गरेपछि बैठक स्थगित गरिएको थियो ।
गर्भनरमा सहमति जुटेपछि नियुक्तिका लागि शुक्रबार नै चार बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । राष्ट्रिय योजना आयोग र गरिवी निवारण कोषको उपाध्यक्ष छान्नका लागि काँग्रेसको बैठक जारी छ । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिका लागि भने संबैधानिक परिषद्को बैठक बस्नुपर्नेछ ।
त्यसैगरी माओवादी लडाकुको रेखदेख, समायोजन र व्यवस्थापन सम्बन्धी बिशेष समितिको बैठक शनिबार बस्ने भएको छ ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया