'माओवादी नेतृत्वमा सरकार नबनेसम्म संविधान नबन्ने'
जनकपुर , चैत्र ६ - माओवादीका उपाध्यक्ष बाबूराम भट्टराईले माओवादी नेतृत्वको राष्ट्रिय सरकार गठन नभएसम्म संविधान निर्माण हुननसक्ने दावी गरेका छन् । शुक्रवार विहान जनकपुर हवाई अड्डामा संचारकर्मीहरुसंग कुरा गर्दै उनले माओवादी नेतृत्वको राष्ट्रिय सरकार नबनेसम्म मुलुकमा संविधान बन्न नसक्ने उल्लेख दावी पनि गरे ।
विहीवार सिरहाको मिर्चैयामा आयोजित कार्यक्रमलाई संवोधन गरी फर्किने क्रममा उनलाई हवाई अड्डामा स्थानीय संचारकर्मीहरुसंग भेटेका थिए । उनको कथन थियो-'जनताबाट तिरष्कृतहरुको नेतृत्वमा बनेको सरकारप्रति जनताको विश्वास छैन । सरकार र सत्ताधारी दलका नेताहरुको अर्कमण्यताका कारण मुलुकमा अराजकता र हत्या हिंसा बढेको छ ।'
गिरीजाप्रसाद कोईरालाले माओवादी अध्यक्ष प्रचण्डसंग भनेको कुरा आफूसंग पनि भनेको खुलासा गर्दै भट्टराईले भने गिरीजाबाबूले मलाई पनि सबभन्दा ठूलो पार्टीको हैसियतले ठूलो जिम्मेवारी वहन गर्न आग्रह गरेका थिए ।
गिरिजाबाबुले सरकारको नेतृत्व गर्ने संकेत त गर्नु भएन ? भनि संचारकर्मीहरुको जिज्ञासामा उनले भने-'उहाँको संकेत मिलेर समस्या समाधान गरौं भन्नेसंग थियो । अरु मलाई थाहा भएन ।'जनसेनाको समायोजन नभएसम्म मुलुकमा संविधान पनि बन्न नसक्ने र शान्ति प्रकृया पनि तार्किक निष्कर्षमा नपुग्ने उनको कथन थियो ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

















तपाईंको प्रतिकृया