प्रधानमन्त्रीसहित मन्त्रीहरु कोइराला निवासमा /कोइरालाको स्वास्थ्यस्थितिमा पुनः समस्या

(1 Vote)

काठमाडौं-, चैत्र ६ - माधवकुमार नेपालसहित मन्त्रिपरिषद्का सदस्यहरु मण्डिखाटारस्थित निवास पुगी काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यस्थिति बारेमा जानकारी लिएका छन् । कोइरालाको स्वास्थ्यस्थित शुक्रबारदेखि पुनः बिगि्रएको छ ।

उनीहरु प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक सकेपछि सिधै कोइराला निवास पुगेका हुन् । कोइराला हाल छोरी  उपप्रधानमन्त्री सुजाता कोइरालाको घरमा बस्दै आएका छन् । 

कोइरालाको स्वास्थ्यस्थितिमा पुनः समस्या

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थमा पुनःसमस्या देखिएको छ । छात्तीमा समस्या बढेपछि  बिहीबार चिकित्सकहरुले कोइरालाको स्वास्थ परिक्षण गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाका अनुसार कोइरालाको अवस्था कमजोर हुदै गएको छ । अस्पतालमा हुने सुविधा घरमै भएकाले उनलाई अस्पताल भने नलैजाने सिटौलाले बताए ।

 कोइरालालाई बिहिबार राती देखि पखला चलेकाले कमजोर भएको कोइरालाका एक सहयोगीले बताए । 'पखला चलेपछि त्यसैपनि कमजोर भईन्छ' उनले भने-'रगत परिक्षणका लागि अस्पताल पठाईएकाले कस्तो उपचार गर्ने भन्ने त्यसपछि थाह हुन्छ ।' कांग्रेस नेता सिटौलाका अनुसार  चिकित्सकहरुले शुक्रबार विहान घरमै आएर कोइरालाको स्वास्थय परिक्षण गरेका थिए । 

स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता शेखर कोइराला, सिटौला लगायतका नेताहरु विहानै मण्डिखाटार पुगेका थिए । शेखरका अनुसार विहान 'म एकदमै कमजोर भएको छु' भनेर कोइरालाले भनेका थिए । गत आईतबार रक्त अल्पताका कारण कमजोर भएपछि कोइरालालाई सहिद गंगालालमा हृदयकेन्द्रमा भर्ना गरी बुधबार डिस्चार्ज गरिएको थियो । विहिबार साझ सम्म उनी सामान्य बोलचाल गर्ने गरेका थिए ।     

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।