माओवादी कार्यकर्ताको अपहरण
सहयोगी लिङ्कहरू
रौतहट, चैत्र ६ - हतियारधारी अज्ञात समूहले बिहीवार राति एकीकृत नेकपा माओवादीका एक सक्रिय कार्यकतालाई अपहरण गरेको छ । उनको अबस्था अज्ञात रहेको परिबारले जनाएको छ ।
रौतहटको झुन्खुन्वा गाविसका माओबादी कार्यकर्ता रामप्रवेश साहलाई ४/५ जनाको समूहमा आएका हतियारधारी अज्ञात समूहले अपहरण गरेको जि्ल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । रााति करिव १२ वजे साहको घरको मुल ढोका फोडी उक्त समूले जरुरी काम छ भन्दै बाहिर निकालेर अज्ञात स्थलतर्फ लगेको परिकारका सदस्यहरुले जनाएका छन ।
प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले अपहरित साहको खोजी भईरहेको बताए । साहलाई लुकाई राखेको सम्भाबित स्थानमा प्रहरीले बिहान देखी सर्च गरेको छ । यसै बिच अपहरीत साहलाई सकुशल मुक्त गर्न अधिकारबादी सँस्थाहरुले माग गरेको छ । ईन्सेकका बिपिन गौतम, हिमराईट्सका बिदुर घिमिरेले साहलाई सकुशल मुक्त गर्न माग गरेको छ ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया