तेक्वान्दो खेलाडी सम्मानित

(0 Votes)

काठमाडौ, चैत्र ६ - ढाकामा सम्पन्न एघारौं दक्षिण एसियाली खेलकुदमा पदक विजेता तेक्वान्दो खेलाडी विभिन्न संस्था र व्यक्तिबाट सम्मानित भइरहेका छन् ।

तर बिहीबारको सम्मान उनीहरूका लागि फरक थियो । यो सम्मान बढी भावनात्मक थियो ।

कुनै समय नेपाली तेक्वान्दोमा सक्रिय रहेका तर हाल अमेरिकामा रहेका खेलाडी तथा प्रशिक्षकले रकम उठाएर उनीहरूलाई सम्मान गरेका थिए ।

उनीहरूले स्वर्ण विजेता दीपक विष्ट र आयशा शाक्यलाई ५०/५० हजार रुपैयाँ प्रदान गरेका थिए । त्यस्तै, दीपकले लगातार चारपटक स्वर्ण जितेर कीर्तिमान कायम

गरेबापत ५० हजार रुपैयाँ थप प्रदान गरिएको थियो ।

त्यस्तै, रजत विजेता कुमार मानन्धर र मनिता शाहीलाई २५/२५ हजार तथा कांस्य विजेता यानकुमारी चौलागाईं र दानबहादुर ऐरीलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसरी रकम उठाएर सम्मान गर्ने पूर्वखेलाडी तथा प्रशिक्षक, एसियाली रजत विजेता सविता राजभण्डारीसहित यामबहादुर पुन, विधान लामा, नारायण गुरुङ, किशोर श्रेष्ठ, कमलबहादुर क्षेत्री, कोसिस खड्का, जगनलाल श्रेष्ठ, सीमा धामी, वसन्त पाण्डे, पद्मा गुरुङ, बिमा राई र बन्दना श्रेष्ठलगायतका छन् ।

अमेरिकावासी नेपाली खेलाडीहरूले पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीमार्फत उक्त नगद हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा उनीहरूले पठाएको सन्देशमा यसरी सम्मान गर्न पाउँदा देशबाट टाढा भएको बिर्सेको र तेक्वान्दो परिवारका सदस्य एकै ठाउँमा रहे जस्तै भएको बताइएको छ ।

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।