नवौं दिन पनि गिरावट

(1 Vote)

काठमाडौ, चैत्र ६ -  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचकमा लगातार नवौं दिन गिरावट आएको छ । बिहीबार १ दशमलव ८२ अंकले परिसूचक घटेर ४ सय ७५ दशमलव ८ विन्दुमा पुगेको छ ।

वाणिज्य बैंक, विकास बैंक, वित्त र बिमा समूहमा आएको गिरावटका कारण परिसूचक तल झरेको हो । सबैभन्दा धेरै विकास बैंक समूह ३ दशमलव ९२ अंकले घटेको छ । साथै वाणिज्य बैंक २ दशमलव ४१, वित्त समूह २ दशमलव ०६, बिमा समूह ० दशमलव ०५ अंकले घटेका छन् । जल विद्युत् र अन्य समूहमा भने वृद्धि आएको छ । जल विद्युत् २ दशमलव ४५ र अन्य समूह १ दशमलव १८ अंकले बढेका हुन् ।

बिहीबार २ करोड ५३ लाख रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएको छ । धेरै रकमको कारोबार गर्ने संस्थामा स्ट्यान्डर्ड चार्टर्ड, बैंक अफ काठमाडौं, एनआइसी बैंक, नबिल बैंक र प्रभु फाइनान्स कम्पनी अघि छन् ।

सिएमबी फाइनान्स, गुर्खा डेभलपमेन्ट बैंक, नारायणी नेसनल फाइनान्स, डिसिबिएल बैंक र पिपल्स फाइनान्सका सेयरधनीले धेरै गुमाउनेमा परेका छन् । नेसनल हाइड्रो पावर, प्रभु फाइनान्स, एभरेस्ट बैंक, कुमारी बैंक र मितेरी डेभलपमेन्ट बैंकका सेयरधनी धेरै कमाउनेमा परेको छन् ।

 

प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।