युएईको बैंकलाई कार्यालय खोल्ने अनुमति
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ६ - युएईको मासर्क बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने अनुमति पाएको छ । विदेशी बैंकलाई सम्पर्क कार्यालय खोल्न दिने सरकारी नीतिअनुरूप यसले राष्ट्र बैंकबाट पहिलो अनुमति पाएको हो ।
विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रावधानअनुरूप सन् २०१० देखि नेपालमा विदेशी बैंकले शाखा खोल्न पाउने व्यवस्था छ । मासर्क युएईको सबैभन्दा ठूलो निजी क्षेत्रको बैंक हो । यसले अमेरिका, युरोप, एसिया र अफ्रिकामा गरी विदेशमा ९ शाखा सञ्चालन गरिरहेको छ । 'धेरै नेपाली बैंकले मासर्कमा शाखा एजेन्सी खाता खोलेका छन्,' राष्ट्र बैंक स्रोतले भन्यो, 'यसको सेवा शुल्क कम भएर त्यस्तो भएको हो ।' विदेशी बैंकले प्रतिनिधि कार्यालय खोल्नका लागि ३ हजार अमेरिकी डलर आवेदन शुल्क र ५ हजार अमेरिकी डलर वाषिर्क शुल्क बुझाउनुपर्छ । तर यस्ता कार्यालयले बैंकिङ कारोबार गर्न भने पाउँदैनन् । सम्पर्क कार्यालय र अध्ययनको काम गर्न मात्र पाइन्छ । विदेशी बैंकले शाखा खोल्नका लागि स्थापित मुलुकबाट ३ करोड अमेरिकी डलर पुँजी ल्याएपछि बैंकिङ कारोबार गर्न अनुमति दिइन्छ ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया