'गभर्नर नियुक्ति आजसम्म'
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ६ - अर्थमन्त्री सुरेन्द्र पाण्डेले केन्द्रीय बैंकको गभर्नर नियुक्तिको निर्णय शुक्रबारसम्म भइसक्ने बताएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गभर्नरलगायत संवैधानियक निकायमा लामो समयदेखि नियुक्ति हुन नसक्ने लाजमर्दो विषय भएको स्वीकार गर्दै उनले भने, 'यो मेरो मात्र बसमा छैन, मैले भनेर मात्र नहुने रहेछ ।'
पाण्डेका संयोजकत्वमा गठित समितिले युवराज खतिवडा, रामेश्वर खनाल र वीरविक्रम रायमाझीको नाम सिफारिस गरिसकेको छ । त्यसैबाट मन्त्रि- परिषद्ले गभर्नर छनोट गर्नुपर्छ ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया