घाइते छोरा भेट्न आउँदा ज्यानै गयो
सहयोगी लिङ्कहरू
नेपालगन्ज, चैत्र ६ - अघिल्लो दिन बस दुर्घटनामा घाइते भई अस्पताल भर्ना भएका छोरा लवराजलाई भेट्न घरबाट हिँडेका कालीकोट फुकोटका जयरुद्र न्यौपाने स्वयंले दुर्घटनामा परी बिहीबार ज्यान गुमाउनुपर्यो । कणर्ालीमा खसेको बसमा चढेर उनी कैलालीको लम्की-टीकापुर खण्डमा घाइते भई कोहलपुर शिक्षण अस्पतालमा भर्ना भएका छोरा भेट्न आइरहेका थिए । 'छोरा भेट्न आउँदै थिए, दुर्घटनामा उनकै मृत्यु भयो,' सँगै यात्रा गर्ने घाइते कालीकोट सिपखानाका गौरीप्रसाद उपाध्ययले भने, 'खराब बाटो र थोत्रा सवारीले दिनहुँजसो दुर्घटना हुन्छन् ।' बस सडकको ढुंगामा ठोक्किएर कर्णाली नदीमा खस्दा प्रेमकला बमलाई बाँचुला भन्ने लागेको थिएन ।
ठूलठूला खाडल र ढुंगैढुंगायुक्त सडक गुडेको गाडीमा दिदी औकला खाँड र उनकी ५ वषर्ीया छोरी मायाका साथ यात्रामा रहेकी प्रेमकला बाँचे पनि उनले दिदी र भतिजी गुमाइन् ।
कोहलपुर शिक्षण अस्पतालमा कान्तिपुरसित उनले भनिन्, ड्राइभरले बस बिगि्रयो भन्दैथ्यो, एक्कासि नदीमा खसेको थाहै भएन ।' उनी कैलालीमा दिदीसँग बसेर पढ्न घरबाट आउँदै गर्दा दुर्घटनामा परेकी हुन् । प्रेमकला कालिका उच्चमाविमा ११ कक्षामा अध्ययनरत छिन् ।
दैलेखको कैतुस्थित कणर्ाली नदीमा बस खस्दा पौडेर ज्यान जोगाउने १० जना घाइतेको उपचार भइरहेको छ । 'पहिले ढुंगामा ठोक्कियो अनि सीधै नदीमा खस्यो,' घाइते माधवप्रसाद उपाध्यायले भने, 'म पौडेर नदीबाट बाहिर आएँ ।' दुर्घटना परेकालाई स्थानीयले पनि डुंगाबाट उद्धार गरेको उनले बताए । सेनाले ट्रयाक मात्र खोलेको यो सडकमा तीन वर्षमा ८० भन्दा बढी दुर्घटना भएका छन् । यसअघि ट्याक्टर, जिप दुर्घटना हुन्थे । बस दुर्घटना भएको पहिलो हो । दुर्घटना पर्नेमा कोही विद्युत् प्राधिकरणमा जाँच दिन आउने पनि परेका छन् ।
प्रकाशित मिति: २०६६ चैत्र ६ १२:००
















तपाईंको प्रतिकृया