तरकारीको भाउ बढ्यो

(0 Votes)

काठमाडौं, चैत्र ५ - काठमाडौँमा अहिले तरकारीको मूल्य गत साताको तुलनामा निकै बढेको छ ।

अहिले तरकारीको स्थानीय उत्पादनमा कमी आएको र उपत्यकाबाहिरबाट आउने तरकारीको परिमाणमा पनि घट्दोक्रम रहेको हुँदा यसको मूल्यमा हुन गएको वृद्धिले ब्यापारमा प्रतिकूल असर परेको ब्यापारीहरू बताउँछन् । कालिमाटीस्थित सुपथ मानिएको तरकारी बजारमा विभिन्न तरकारीको मूल्य उकालो लाग्नेक्रम जारी रहेको छ ।

कालिमाटी बजारमा अहिले प्रतिकिलो राम्रो काउली रु. १४, बन्दा रु.१०, घीउसीमी रु.२४, रातो भान्टा रु. ३२ र गोलभेडा रु.३० रहेको छ । सोही बजारमा गत साता काउली प्रतिकिलो रु. १०, बन्दा रु. छ, घीउसीमी रु. १८, रातो भान्टा रु. २४ र गोलभेडा रु. १० रहेको थियो ।

फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष भरत खतिवडाले तराईमा तरकारीको बढी उत्पादन भएकाले यसको मूल्यमा कमी आएर किसानहरूले राम्रो प्रतिफल लिन नसकेको बताए । उनले तराईमा हुनेगरेका विभिन्न किसिमका बन्द हडतालले पनि बाहिरबाट आउने तरकारीको परिमाणमा कमीआएको बताउँदै काठमाडौँमा दैनिक एकहजार मेटि्रक टन तरकारीको खपत हुने भए पनि गत आइतबारदेखि करिब छसय मेटि्रक टनको परिमाणमा मात्र तरकारी सो बजारमा आएको जानकारी दिए ।

 

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।