अविश्वास प्रस्ताव पनि आउन सक्छःभट्टराई

(2 Votes)

काठमाडौ, चैत्र ५ - माओवादी उपाध्यक्ष बावुराम भट्टराईले राष्ट्रिय सहमतिको निम्ति वर्तमान सरकार बाधक भएको बताउदै सरकार परिवर्तनको सबै बिधिबारे माओवादीले छलफल सुरु गर्ने बताएका छन् ।

प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको नेतृत्व नछाडे अनेक बिधिमध्ये सरकार विरुद्ध अविश्वास प्रस्ताव पनि एक हुनसक्ने उनले बताए । वर्तमान सरकार शान्ति र संविधान निर्माणमा बाधक भएकोले छिटो भन्दा छिटो राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने उपाय खोज्नुपर्ने उनको भनाइ छ ।

'जनताबाट पराजित र तिरस्कृतहरुले राष्ट्रिय सहमतिको नेतृत्व गर्न सक्दैनन भन्ने आम स्विकृत मान्यता हो', उनले साना दलसँगको छलफलपछि संवाददाताहरुलाई भने, ' सहमतिमै छोडिदिन्छ भने उत्तम । नभए यो सरकार हटाउन सबै तरिका र बिधिबारे छलफल थाल्छौ । त्यो बिधिमध्ये अविश्वास प्रस्ताव पनि हुनसक्छ ।' तर उनले यसबारे अहिलेनै निष्कर्षमा पुगिनसकिएको बताउदै थप छलफल गरेर टुंगोमा पुर्‍याइने बताए । छलफलमा सहभागी दलका नेताहरुले पनि राष्ट्रिय सहमतिको सरकार विना शान्ति र संविधानले पूर्णता नपाउने बताएको उनले जानकारी दिए ।

माओवादीले बिहीबार संसदीय दलको कार्यालयमा राष्ट्रिय सरकार गठन र सरकार विरुद्धको अविश्वास प्रस्तावबारे संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गरेको थियो । छलफलमा  ११ दलको सहभागिता थियो ।

 

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।