प्रधानमन्त्री-दाहाल भेट/'व्यवहार सुधार्नुस्, नयाँ वातावरण बन्छ'

(1 Vote)

काठमाडौ, चैत्र ५ - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले ब्यवहार सुधारे 'नयाँ वाताबरण' बन्नसक्ने बताएका छन् । उनले माओवादीले आफ्ना गतिविधि र ब्यबहारमा सुधार गरेर सेना समायोजन र संविधान निर्माणमा लागे नयाँ वाताबरण बन्न सक्ने बताएका हुन् । तर माओवादीले सरकार परिवर्तनको गृहकार्य गरिरहेका बेला प्रधानमन्त्री नेपालले जेठ १४ अघि  सरकारमा फेरबदल नहुने संकेत समेत दिए ।

'जेठ १४ गते सम्मको लागि काम त गर्नुस । त्यो भइसकेपछि स्वभाविक रुपमा एउटा नयाँ परिवेश उत्पन्न हुनसक्छ ।' माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग विहीबार आफ्नै निवास कोटेश्वरमा ४५ मिनेट छलफल गरेपछि उनले संवाददाताहरुसँग भने, 'सेना समायोजन र संविधान निर्माणको काम गरौ । तपाइका कतिपय गतिबिधि, ब्यवहारमा सुधार गर्नेकामहरु गरौ । यो भइसकेपछि एउटा नयाँ वाताबरण बन्नसक्छ ।'

छलफलपछि माओवादी अध्यक्ष दाहालले राजनीतिक गतिरोध अन्त्य गर्ने बिषयमा कुराकानी भएको जानकारी दिए । 'देशको परिस्थितिको बारेमा छलफल भयो । संविधान बनाउन र शान्ति प्रकृयको लागि एउटा निकास निकाल्नुपर्छ ।'  छलफलपछि दाहालले भने, 'हिजो राष्ट्रपति र गिरिजाबावुसँग भएजस्तै आज माधव जी सँग पनि कुराकानी भयो  ।'

प्रधानमन्त्री नेपालले भने संविधान निर्माण र लडाकु समायोजन र पुर्नस्थापनालाई प्राथामिकतामा राख्न दाहाललाई आग्रह गरेको जानकारी दिए । 'जेठ १४ भित्र संविधान जारी नभए त्यसको सिनारियो के हुने भन्ने बिषयमा पनि छलफल भयो । तर जोड के लगाइयो भने निर्धारित समयमै संविधान निर्माण गर्नेगरी हामी लाग्नुपर्छ ' नेपालले भने, 'मैले सेना समायोजन प्रकृया सुरु गरिहालौ भने । लडाकालाई निर्वाह भत्ता उपलब्ध गराउने बिषयमा संख्याका विवाद उठिरहेका छन् । संख्या सम्बन्धी आशंका निर्मुल पार्न तपाइहरु लाग्नुपर्छ भने ।'

दाहालले नेतृत्व र दलहरुबीच अविश्वास हटाउन थप छलफल आवश्यक भएको बताएको पनि उनले जानकारी दिए । दुबै नेताले जेठ १४ गते संविधान जारी नभए गम्भीर परिणाम आउनसक्नेमा सहमत भएका थिए ।

 दाहालले बुधबार विहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र साँझ राष्ट्रपति रामबरण यादवलाई भेटेर गतिरोध अन्त्य गर्ने बिषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।