प्राइमलाई बास्केटबल उपाधि

(0 Votes)

काठमाडौ, चैत्र ५ - सुशील गुरुङको उत्कृष्ट प्रदर्शन मद्दतले प्राइम कलेजले सहिद बेनोज स्मृति तेस्रो अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि बुधबार हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा भएको फाइनलमा उसले टि्रनिटी कलेजलाई ७०-४६ ले हरायो । उपाधिसँगै प्राइमले ५० हजार रुपैयाँ जित्यो । प्राइमको जितमा

सुशीलको सर्वाधिक ४९ अंक योगदान रह्यो । उनी उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।

सुशीललाई प्राइमले स्नातक तहमा  निःशुल्क अध्ययन गराउने जनाएको छ । दोस्रो स्थानमा चित्त बुझाएको टि्रनिटी कलेजले ३० हजार रुपैयाँ प्राप्त गर्‍यो । तेस्रो स्थानका लागि भएको खेलमा रिलायन्सले जेभियर्स इन्टरनेसनल कलेजलाई ६१-३५ ले हरायो ।

 

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।