दैलेखको बस दुर्घट्नामा मारिएका ३१ जनाको शव भेटियो, २५ को सनाखत

(4 Votes)
तुलाराम पाण्डे

१५

कैतु (दैलेख) , चैत्र ५ - कालिकोटबाट सुर्खेत आइरहेको ना.३.ख ५८६८ नम्बरको बस बिहीबार बिहान कर्णाली नदीमा खस्दा मारिएका  ३०  जनाको लास भेटिएको छ । त्यसमध्ये ८ जना महिला र अन्य पुरुष छन् । मृतकहरुमा दुई बालिका र दुई बालकसमेत छन् । हालसम्म २५  जनाको सनाखत भएको छ । शव गाड्नका लागि नदिको किनारमा खाल्ड खन्न सुरु गरिएको छ ।

मृत्यु हुनेमा पिपलकोटका गीताकुमारी बस्नेत, उनकी आमा अमसरा  र बुवा प्रेम, पिपलकोटकै वीरबल बस्नेत, परबल बस्नेत र विष्णु रावत  तथा  दैलेख तिलेपाटाका धनबहादुर शाही छन् ।

यस्तै कालिकोट फुकोट-४ का जयरुद्र न्यौपाने, फुकोट-३ का अति विक, फुकोट-७ का रुद्र न्यौपाने, पूर्ण लोहार र उनकी श्रीमती गोमा, छोरा गगन, फुकोटका धिर विक, कालिकोट खुलालुका दुर्गा गिरी रहेका छन् ।

मृत्यु हुनेमध्ये भर्ताका रङ्ग शाही, नवलपरासी घर भएका नानीकोट विद्यालयका शिक्षक छविलाल शर्मा, नानिकोट-२ टुडिखेतकी अम्बिका सन्ज्याल, उनकी एक वषर्ीया छोरी गीता, कालिकोट रकु -४ का दर्न गिरी, कालिकोट राम्नाकोट-५ की लक्ष्मी सेजुवाल, कालिकोट सिप्पखानाका गजेन्द्रनाथ योगी, मन दर्जी, कालिकोट थि्रपु-१ का आंैकला खाड, उनका दुई वषर्ीया छोरी माया, थिर्पु-३ का राजबहादुर बिटालु र कालिकोट छाप्रेका बसचालक अबिलाल शाहीको मात्र अहिलेसम्म सनाखत भएको छ ।

दैलेखको पिपलकोट गाविसस्थित कैतुमा बस सडकबाट १ सय ५० मिटर तल खसेको थियो । जिवितै उद्धार गरिएका १२ जनामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । उनीहरुको अबस्था चिन्ताजनक रहेको छ । दुई जना सामान्य घाइतेहरुको प्राथमिक उपचार गरिएको छ । उनीहरुले करिव ६० जनाको संख्यामा यात्रु रहेको बताएका छन् । उनीहरु अतालिएका कारणे बोलिरहेका छैनन् ।

बेपत्ताहरुको संख्या अझै यकिन हुनसकेको छैन ।आफ्ना मान्छे बेपत्ता भएको भन्दै ९ जनाका आफन्त आइ पुगेका छन् । उनीहरु घट्नास्थलमा रुवावासी गरिरहेका छन् । सुरुमा ३३ जनाको चलानी रहेको बताइए पनि ४५ जनाको चलानी रहेको पनि बताइरहेका छन् । तर, यकिनका साथ भन्ने आधिकारीक व्यक्तिहरु भेटिएका छैनन् । बस सञ्चालक समितिका कर्मचारी तथा पदाधिकारीहरु भागीसकेका छन् ।

हालसम्म १२ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरु मध्ये १० जनालाई हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । उनीहरुको अबस्था चिन्ताजनक रहेको छ । दुई जना सामान्य घाइतेहरुको प्राथमिक उपचार गरिएको छ । उनीहरुले करिव ६० जनाको संख्यामा यात्रु रहेको बताएका छन् । उनीहरु अतालिएका कारणे बोलिरहेका छैनन् ।

नेपालगञ्जबाट डाक्टरसहितको स्वास्थ्य उपचार टोली घट्नास्थल आइपुगेको छ । कर्णाली राजमार्गको सुरक्षामा खटिएका सैनिक तथा प्रहरीसहित स्थानीय व्यक्तिहरु शवको खोजी तथा उद्धारको प्रयासमा जुटिरहेका छन् ।

  मृतकहरू ः

१.     दर्न गिरी -४२ ) रकु ४,

२.    गजेन्द्रनाथ योगी, सिपखाना ७

३.    प्रदीप सार्की, सिपखाना १

४.    मनोज सार्की, सिपखाना १

५.    तारा न्यौपाने, सिपखाना ६

६.    औकला खाण -३४), थिर्पु १

७.    माया खाण -५), थिर्पु १

८.     रज बिटालु, थिर्पु ३

९.     लक्ष्मी पुन सेजुवाल, राम्नाकोट ५,

१०.    गीता बस्नेत, पीपलकोट ४ दैलेख

११.    अम्सरा बस्नेत, पीपलकोट ४ दैलेख

१२.    पर्वलबहादुर बस्नेत, पिपलकोट ४ दैलेख

१३.    विष्णु रावत, पीपलकोट ४ दैलेख

१४.    धनबहादुर शाही, तिलेपाटा दैलेख

१५.    छविलाल शर्मा, चितवन

१६.    अम्बिका सञ्ज्याल, नानीकोट २

१७.    जयरुद्ध न्यौपाने, फुकोट ४

१८.    रुद्धप्रसाद न्यौपाने, फुकोट ७

१९.    पुन्न सुनार, फुकोट ७

२०.    निखिल सुनार, फुकोट ७ -१ वषर्ीय बालक)

२२.    अति तिरुवा, फुकोट ३

२२     गोमा लुवार, फुकोट ७

२३.    धीरबहादुर, विक, फुकोट ७

२४.    रंगबहादुर शाही, भर्ता २

२५.    रतनबहादुर शाही, मेहेलमुडी १

२६.    कर्णबहादुर शाही, टीकापुर कैलाली

२७.    हस्ते सहकारी, रुप्सा ३

बेपत्ताहरू ः

१.    पदमपाणि शर्मा, तौलिहवा

२.    गोमा लुवार, फुकोट ७ 

३.    गोमाका डेढवषर्ीय छोरा

४.    अंखपुरा न्यौपाने, धौलागोह

५.    आमपुरा न्यौपाने, -अंखपुराकी छोरी)

६.    रुद्र न्यौपाने, फुकोट ७

७.    हंश न्यौपाने, फुकोट ७

८.    देवसरा शाह, टीकापुर कैलाली

९     नाम नखुलेका १ जना

१०    नाम नखुलेका १ जना

घाइतेहरू ः

१.    माधवराज उपाध्याय वर्ष २६, सिपखाना १

२.    मदन न्यौपाने, फुकोट ७

३.    विनोद थापा, वर्ष २०, दैलेख

४.    परिलाल पाण्डे, वर्ष ३२, मान्म ९

५.    प्रेमकला बम, वर्ष १६, थिर्पु ४

६.    रोहिनीलाल चौधरी, वर्ष २५, मालाखेती कैलाली

७.    प्रेमराज सेजुवाल, वर्ष ११, नानीकोट २

८.    खेम बहादुर केसी, वर्ष ४१, मुम्रा ४

९.    नगेन्द्रराज भण्डारी, वर्ष २९, छाप्रे

१०.    विनोद बम, वर्ष ३२, स्युना

 

प्रकाशित मिति: २०६६ चैत्र ५ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।