हरिहरपुरमा पक्राउ गरिएकालाई रिहा/छ दिनपछि शव उठ्यो
सहयोगी लिङ्कहरू
गुलरिया, चैत्र ४ - बर्दिया राष्ट्रिय निकुञ्जको हरिहरपुर घट्नामा पक्राउ परेका कृष्णबहादुर विकलाई बुधबार रिहा गरेको छ ।
निकुञ्ज मुख्यालय, ठाकुरद्वाराले उनलाई विना शर्त रिहा गरेको हो । उनलाई स्थानीय प्रशासन, आफन्त, नागरिक समाजको रोहवरमा छाडिएको हो ।
'विना शर्त उनलाई छाडेका हौं' निकुञ्जका संरक्षण अधिकृत टीकाराम अधिकारीले कान्तिपुरसंग् भने । स्रोतले भने संसदीय समितिको निर्देशनमा छाडिएको बताएको छ ।
गत फागुन २६ गते गस्तीमा गएका सैनिकले गोली चलाउँदा उनकी १२ बषिर्या छोरी र श्रीमतीसहित तीन महिलाको मृत्यु भएको थियोभने उनलाई नियन्त्रणमा लिइएको थियो ।
उनलाई छाडे लगतै बर्दिया अस्पतालमा रहेको शव ६ दिन पछि आफ्न्तले बुझेर दाह संसकार गरेका छन् । दलित गैरसरकारी संस्था महासंघ मध्यपश्मिका अध्यक्ष जेवी विश्वकर्माले अस्पताल र वरिपरीको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राखेर राजनीतिक दलको परामर्शमा शवको दाह संसकार गरिएको बताए ।
उनले क्षतीपुर्ती वापत मारिएका प्रत्येकको परिवारले १५ लाख रुपैयाँ पाउनु पर्ने, घटनामा दोषी देखिएकामाथि कारवाही गरिनुपर्नेलगायतका माग निरन्त रुपमा उठाइने छ ।
घट्नामा बालिका चन्द्रकला बिक, अमृता र देवीसराको मृत्यु भएको थियो । अधिकारकर्मीहरुले उनीहरुलाई नियन्त्रणमा लिएपछि बलत्कार गरेर हत्या गरिएको आरोप लगाउँदै आएका छन् । बुधबार संसदको महिला तथा बालबालिका समितिले पनि यसै बिषयमा छलफलका लागि रक्षामन्त्री बिद्या भण्डारीलाई बोलाएको थियो ।
प्रकाशित मिति: २०६६ चैत्र ४ १२:००
















तपाईंको प्रतिकृया