दाहाललाई जिम्मेवार बन्न राष्ट्रपतिको आग्रह

(2 Votes)

काठमाडौं, चैत्र ४ - राष्ट्रपति रामवरण यादवले बिपक्षी दलको नेताको हैसियतले जिम्मेवार हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा झण्डै ४० मिनेट भएको भेटमा राष्ट्रपतिले बिपक्षी दलका नेताको हैसियतले संविधान निर्माणमा जिम्मेवारीसाथ प्रस्तुत हुन आग्रह गरेको राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले जानकारी दिए । 'शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्‍याउन आवश्यक छ,' राष्ट्रपतिको भनाइ उदृत गर्दै बस्नेतले भने, 'संविधान तोकिएकै मितिमा जारी गर्न अब सवै लाग्नुपर्छ ।'

दाहालले भने बुधबार बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भएको भेटबारे राष्ट्रपतिलाई जानकारी गराएको बताए । दाहालले बिहान सहिद गंगालाल ह्रदय केन्द्रमा कोइरालालाई भेटेका थिए । 'बिहान गिरिजाबाबुसँग जे-जे कुरा भएको भएको थियो,' भेटपछि दाहालले संवाददाताहरुलाई भने, 'त्यही कुरा राष्ट्रपतिलाई जानकारी गराएँ ।'

बुधबार बिहान भएको भेटमा कोइरालाले दाहाललाई जिम्मेवारी लिन आग्रह गरेका थिए । जवाफमा दाहालले 'म तयार छु' भनेका थिए ।

दाहालले देश गम्भिर मोडमा रहेकाले दलहरुले नयाँ शिराबाट अघि बढ्नुपर्ने बिषयमा पनि राष्ट्रपतिसँग गम्भिर छलफल भएको बताए ।

 

 

 

 

 

 

प्रकाशित मिति: २०६६ चैत्र ४ ०५:०८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।