लडाकु समायोजन नभएसम्म संविधान बन्दैनः देउवा
रौतहट, चैत्र ४ - कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले माओबादी लडाकु समायोजन नभएसम्म सबिधान बन्न नसक्ने ठोकुवा गरेका छन ।
रौतहटको चन्द्रनिगाहपुरमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रममा उनले माओबादीले सहयोग नगरेसम्म सबिधान बन्न नसक्ने पनि बताए ।
सबिधानसभाको निर्बाचनमा काग्रेस हारेकोले पार्टी कमजोर भएको उनले बताए । 'गिरिजाबाबु बिरामी हुनुहुन्छ । कांग्रेसले हारेर पनि प्रजातान्त्रिक पद्धति नै कमजोर हुदै गएको छ ।' उनले भने, 'यसलाई म अब बलियो बनाउछु ।' उनले प्रजातान्त्रिक पार्टी बलियो भएमा प्रजातन्त्रको दिगो विकास हुने बताउदै नेता कांग्रेसलाई बलियो र पूर्व अवस्थामा लैजान आफू लागिपरेको दाबी समेत गरे ।
तराईको सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीमा राखिएको पार्टीको कार्यकर्ता भेटघाट कार्यक्रममा जाने क्रममा उनले चन्द्रनिगाहपुरमा खाना खाने क्रममा काग्रेस कार्यकर्तासग थोरै समय भेटघाटमा बिताएका थिए । सकार परिबर्तनको हल्लाका बारेमा संचारकर्मीले राखेको जिज्ञासामा उनले यस्तो अबस्थामा सरकार परिबर्तनको कुनै औचित्य नहुने बताए ।
प्रकाशित मिति: २०६६ चैत्र ४ ०४:०८

















तपाईंको प्रतिकृया