मन्त्रिपरिषद्को बैठक स्थगित

(1 Vote)

काठमाडौ, चैत्र ४ - गभर्नर नियुक्ति र मेसिन रिडेवल पासपोर्ट (एमआरपी) छपाईका सम्बन्धमा निर्णय गर्न बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक बुधबार साँझ बस्न सकेन ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यि दुई विषयमा निर्णय लिन नसकेपछि साँझ बैठक डाकिएको थियो ।

गर्भनर नियुक्ति तथा मेसिन रिडेबल पासपोर्ट छपाइमा विवाद भएपछि मन्त्रिपरिषदको बैठक साँझ बस्नेगरी स्थगित भएको छ ।

गर्भनर नियुक्ति विवाद सुल्झाउन मन्त्रिपरिषद बैठक साँझ पुनः बस्ने

 बैठकमा कांग्रेस र एमाले पक्षधर मन्त्रीहरुले गर्भनर नियुक्तिमा आ-आफ्नो अडान नछाडेपछि बैठकले त्यस सम्बन्धमा छलफल गर्न साँझ ६ बजे पुनः बैठक बोलाएको छ । त्यसैगरी परराष्ट्रमन्त्री सुजाता कोइरालाको भारतमै एमआरपी छपाई गर्ने प्रस्तावमा समेत विवाद भएपछि निर्णय हुन सकेन ।

गृहमन्त्री भीम रावलले बैठकले माओवादी लडाकु रेखदेख तथा ब्यवस्थापन गर्न मन्त्रीस्तरीय समिति बनाउने निर्णय गरेको जानकारी दिए । शान्तिमन्त्रीको संयोजकत्वमा गठित समितिमा भौतिक योजना तथा निर्माणमन्त्री, अर्थ, स्वास्थ्य र उर्जामन्त्री सदस्य रहेका छन् ।

त्यसैगरी क देखि ङ श्रेणीका स्थानीय निकायका कर्मचारीलाई भत्ता प्रदान गर्ने निर्णय पनि गरिएको छ ।  सहिद परिवार तथा जनआन्दोलनका घाइतेहरुलाई प्रदान गरिने मासिक भत्तामा बृद्धि गर्ने निर्णय गरेको छ । बैठकले  नेपाली सेनाको चार महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले बर्दीया घटना छानबीन गर्न समिति गठन गरेको छ ।

प्रकाशित मिति: २०६६ चैत्र ४ १२:१६

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।