त्रिवि शिक्षण अस्पतालको समस्याबारे छानबिन समिति
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ३ - राष्ट्रिय सतर्कता केन्द्रले त्रिवि शिक्षण अस्पतालमा भएको आर्थिक विवाद छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी नायब उपरीक्षक निरञ्जन बिष्टको संयोजकत्वका गठित समितिमा केन्द्रका कर्मचारी आनन्दप्रसाद अधिकारी र उद्घव केसी सदस्य छन् । अस्पतालमा आर्थिक विषयलाई लिएर विद्यार्थी र डिन लगायतको विवाद बढेपछि छानबिन टोली बनाएको केन्द्रका प्रवक्ता शेरबहादुर ढुंगानाले जानकारी दिए । केन्द्रले समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०९:१३
















तपाईंको प्रतिकृया