सुर्खेत गोलीकाण्ड छानबिन गर्न टोली
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ३ - बर्दिया निकुञ्जको बाँसपानीमा भएको गोलीकाण्ड छानबिन गर्न सरकारले उच्चस्तरीय टोली बनाउने भएको छ ।
महान्यायाधिवक्ता कार्यालयका सहसचिवको संयोजकत्वमा रक्षा र वनका सहसचिव सदस्य रहने गरी टोली बनाइने वनमन्त्री दीपक बोहराले बताए ।
गत बुधबार राति निकुञ्जको बाँसपानीमा सेनाको गोलीबाट सुर्खेत हरिहरपुर २ की देवीसरा विक, अमृता विक र १२ वषर्ीया चन्द्रकला विकको मृत्यु भएको थियो । दलितसम्बन्धी विभिन्न संघसंस्थाले घटनाबारे छानबिन गरी कारबाही गर्न, क्षतिपूर्ति दिन र थुनामा रहेकालाई रिहा गर्न माग राख्दै मंगलबार रक्षामन्त्री विद्या भण्डारी र वनमन्त्री बोहरालाई ज्ञापनपत्र दिएका छन् ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०९:१०
















तपाईंको प्रतिकृया