रक्षामन्त्री र सेनापति बैठकमा अनुपस्थित

(0 Votes)

काठमाडौं, चैत्र ३ - बर्दिया घटनाबारे छलफलमा रक्षामन्त्री विद्या भण्डारी र प्रधानसेनापति छत्रमानसिंह गुरुङ उपस्थित नभएकाले संसदको महिला बालबालिका समितिको मंगलबारको बैठक स्थगित भएको छ । समितिले छलफलका लागि बोलाएका उनीहरू दुवै उपस्थित नभएपछि समितिले दुःख व्यक्त गर्दै बुधबार पुनः बैठक बस्ने निर्णय गरेको छ । उक्त घटनाबारे छानबिन भइरहेकाले आफू बैठकमा उपस्थित हुन नसक्ने प्रधानसेनापति गुरुङले पत्र पठाएर जानकारी गराएका थिए । रक्षामन्त्री बिनासूचना उपस्थित नभएकी हुन् ।

प्रकाशित मिति: २०६६ चैत्र ३ ०९:०७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।