सेनाको समन्वयात्म बैठक सम्पन्न

(0 Votes)
बैठकमा प्रधानसेनापति छत्रमानसिंह गुरुङसहितका सैनिक अधिकारीहरु । तस्वीरः सैनिक जनसम्पर्क निर्देशनालय ।

काठमाडौ, चैत्र ३ - नेपाली सेनाले जंगी अड्डामा मंगलबार प्रधानसेनापति, पि्रन्सिपल स्टाफ अफिसर्स (पि.एस्.ओज्.), पृतनापतिहरु तथा निर्देशकहरु सम्मिलित समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।

बैठकमा पृतनापतिहरुले आ-आˆनो जिम्मेवारी क्षेत्रको वाषिर्क प्रगति विवरण, वस्तुस्थिती, विद्यमान समस्या तथा भविष्यमा गरिने कार्य योजना र राय सुझावहरु प्रस्तुत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पृतनापतिहरुको प्रस्तुतीकरणको दौरान उठेको बिभिन्न विषयहरुमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

प्रधानसेनापति छत्रमान सिंह गुरुङ्गले बैठकको समापन कार्यक्रममा यस्ता छलफल, अन्तरक्रिया तथा समन्वयबाट संस्थाको विकासलाई गति प्रदान गर्न सक्दछौं भनेको बिज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०६६ चैत्र ३ ०७:०३

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।