सिंघानियाका सूटरको पहिचान भयोः प्रहरी

(0 Votes)
कान्तिपुर संवाददाता

जनकपुर, चैत्र ३ - सञ्चार उद्यमी अरुणकुमार सिंघानियालाई गोली हान्ने सूटरको पहिचान भएको प्रहरीले दाबी गरेको छ । सूटरको नाम ठेगाना सार्वजनिक नगरिए पनि ऊ धनुषाकै भएको श्रोतको दाबी छ ।

'सूटरलाई पक्राउ गर्न मुलुकभरीका प्रहरीसँग सहयोग मांगिएको छ,' प्रहरी उपरीक्षक श्याम खड्काले भने, 'सूटरको तस्बिरसहितको जानकारी पनि मुलुकभरीकै प्रहरीलाई दिइएको छ ।' सूटर खुला सिमानाको उपयोग गर्दै भारत छिर्न सक्ने सम्भावना रहेकाले प्रहरी नायव उपरीक्षक रुपकुमार न्यौपानेलाई भारत पठाइएको खड्काले जानकारी दिए । डिएसपी न्यौपाने जिल्लास्तरमा गठित हत्या छानबिन समितिका संयोजक पनि हुन् ।

फागुन १७ गते जनकपुरको अति व्यस्त शिवचौकमा वेलुका ६ वजे सञ्चार उद्यमी तथा व्यवसायी सिंघानियालाई अज्ञात हतियारधारीले गोली हानेर हत्या गरेको थियो ।

 

प्रकाशित मिति: २०६६ चैत्र ३ ०६:५४

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।