'अविश्वास प्रस्ताव पेस हुनसक्छ'
सहयोगी लिङ्कहरू
नेपालगन्ज, चैत्र ३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसदको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनसक्ने बताएका छन् । तर, अहिले नै निर्णय भने गरिनसकेको उनले बताए ।
थारुवान राज्यसमितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन नेपालगन्ज आइपुगेका अध्यक्ष दाहालले मंगलबार क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा भने, 'अहिल्यै अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेका छैनौ । परिस्थिति हेरेर प्रस्ताव ल्याउन पनि सकिन्छ ।'
एक हप्ताभित्र सहमति नजुटे राज्य पुनःसंरचना र शासकिय स्वरुपबारे प्रक्रिया पुर्याएर टुंगो लगाइने उनले बताए । प्रक्रियाबाट टुंगिइए जेठ १४ गते संविधान घोषणा गर्न सकिने दाबी गर्दै माओवादी अध्यक्ष दाहालले कांग्रेसले संविधान बनाउन अल्मलाइरहेको आरोप लगाए ।
एकहप्ताभित्र सहमति नभए प्रक्रियाबाट टुंग्याएर जनतामा लैजान आफूले संयन्त्रमा प्रस्ताव उनले बताए । सेनामा समायोजन हुने माओवादी लडाकुको संख्या शान्ति सम्झौता अनुरुप उनीहरुलाई नै सोधेर तय हुने उनले बताए ।
माओवादी अध्यक्ष दाहालले सेना प्रमुखको वक्तव्य, सरकारको अस्वभाविक व्यवहारले शान्ति प्रक्रियामा आशंका उत्पन्न गराएको बताउँदै माओवादी शिविरमा लडाकु छैनन् भन्ने सरकारी भनाइ असत्य भएको दाबी गरे ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०६:४०
















तपाईंको प्रतिकृया