राप्रपा नेपालले सरकारलाई दिएको समर्थनमा पुर्नविचार गर्ने
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ३ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारलाई दिएको समर्थनका सम्बन्धमा पुर्नविचार गर्ने बताएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले मंगलबार बोलाएको संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकपछि राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले संवाददाहरुलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा छलफल गरिने बताए ।
'संविधान निर्माण र शान्ति प्रकृयाका सम्बन्धमा जुन अबस्था छ, त्यसैले पनि सरकारलाई दिएको समर्थनका बारेमा पुर्नविचार गर्नुपर्ने अबस्था आएको छ' उनले भने, 'हामी पुर्नविचार गर्छौं ।'
उनले संविधान बेलैमा जारी हुनुपर्ने भनेर शान्तिपूर्ण आन्दोलन गरिरहेका आफ्ना पार्टीका कार्यकर्ताहरुलाई सरकार दमन गरेकोसमेत उनले आरोप लगाए ।
माओवादी वर्तमान सरकारको बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने उद्देश्यले साँसदहरुको हस्ताक्षर संकलन गरिरहेको बेला राप्रपा नेपालको यो भनाइ अर्थपूर्ण रहेको छ ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०४:४९
















तपाईंको प्रतिकृया