बिष खाएर छोरा-छोरीसहित आमाद्वारा आत्महत्या
सहयोगी लिङ्कहरू
नेपालगन्ज, चैत्र ३ - महादेवपुरी-२ बुचापुरकी चन्द्रमाया ओलीले आफ्ना दुई नाबालकलाई बिष खुवाएर आफूले पनि आत्महत्या गरेकी छन् । उनले पाँच बर्षिय छोरा रणबीर र दुई वर्षिया छोरी शान्तिका साथ विष खाएर आत्महत्या गरेकी हुन् ।
तीनदिन अघि उनीहरु घरबाट बेपत्ता भएका थिए । आज स्थानीयवासिन्दालेबुचापुरकै झिझेरी सामूदायिक बनमा उनीहरुलाई मृत अवस्थामा फेला पारेका हुन् । प्रहरीले घटनास्थलमा थायोडिन नामक विषको सिसी फेला परेको जनाएको छ ।
मर्नुअघि चन्द्रामायाले छोरा-छोरीलाई काखमा राखेर चुन्निले बाँधेको अवस्थामा लास फेला परेको छ । प्रहरीले चिनीमा मिसाएर विष खाएको र खुवाएकोेप्रारम्भिक अनुमान गरको छ । प्रहरीले मृतकका पतिलाई अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०४:१८
















तपाईंको प्रतिकृया