आगलागीमा १ सय १० घर खरानी
सहयोगी लिङ्कहरू
बाँके, चैत्र ३ - बाँकेको पूर्वी क्षेत्र राप्तीपारी पर्ने नरैनापुर गाबिस वडा नम्बर १, खुदावा गाँउमा मंगलबार दिउँसो आगलागी हुदाँ सयौं घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
भारतीय सीमासँग जोडिएको सो गाउँमा आगलागीमा करिव एक सय दश वटा घरगोठ जलेर नष्ठ भएको प्रहरीले जनाएको छ । आगलागी १० वर्षिय बाउर यादव र अर्का नाम नखुलेको नौ वर्षिय बालिका जलेर गम्भीर घाइते भएका छन् । आगलागीमा गम्भिर घाइते १० वर्षिय बालक बऊर यादवलाई उपचारका लागि भारतको लखनऊ लगिएको छ । साथै आगोमा जलेर दुई बाख्रा र एउटा गाई मरेका छन् । आगो नियन्त्रणमा आइसकेपनि जलिरहेका घरहरु निभाउने प्रयास भैरहेको
छ । छिमेकी गाउँका स्थानीयले आगो निभाउने कार्यमा जुटेका छन् ।
गाउँमा स्थानीय ताहिर खाँको घर छोरीले खाना पकाइरहेको बेला हावाहुरी चल्दा घरमा आगलागी भएको स्थानीयको भनाइ छ । बाँकेका प्रहरीका अनुसार भोजभगवानपुर र नरैनापुरबाट गएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । नेपालगन्जबाट समेत थप सुरक्षाकर्मी पठाईएको छ । आगलागीबाट भएको क्षति विवरण प्राप्त भइनसकेको भएपनि करोडौंको भौतिक क्षति भएको अनुमान गरिएको छ । नेपालगन्जबाट भारतीय बाटो हुँदै गएका दमकल अहिलेसम्मपनि पुगेको छैन ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०४:४६
















तपाईंको प्रतिकृया