दोषी सैनिकलाई कारवाही गर्ने रक्षामन्त्रीको प्रतिबद्धता
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र ३ - रक्षामन्त्री बिद्या भण्डारीले सुर्खेतको हरिहरपुरमा गोली चलाई एक बालिकासहित तीन महिलाको हत्या गर्ने सैनिकलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बनमन्त्री दीपक बोहरासंगको छलफलपछि मंगलबार दिउँसो संवाददाताहरुसंग मन्त्रालयमा कुराकानी गर्दै उनले पीडितहरुलाई राहतको व्यवस्था गरिने पनि बताए ।
जंगलमा काउलो काट्न गएका हरिहरपुरका आठ जनालाई गस्तीमा गएको सैनिकले फागुन २६ गते गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा १२ बषिर्या चन्द्रकला बिक, उनकी आमा देवीसरा र कान्छीआमा अमृता छन् । चन्द्रकलाकी बाबु कृष्णबहादुरलाई भने पक्राउ गरिएको छ ।
घट्नाबाट भाग्न सफल स्थानीयले सैनिकहरुले बालिकासहित महिलाहरुको बलत्कारपछि हत्या गरेकेा दावी गरेका छन् । बर्दियाको सदरमुकाम गलरियामा मृत्यु हुनेहरुको शब राखिएको छ । शवलाई अधिकारकर्मी र सञ्चारकर्मीलाई हेर्न दिइएको छैनभने पोष्टमार्टम रिपोर्ट पनि सार्वजनिक गरिएको छैन ।
अधिकारकर्मीहरुले मानवअधिकार हनन् भएको भन्दै निष्पक्ष छानविनको माग गर्दै आएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग तथा अन्य दलित अधिकारका लागि काम गर्ने संघसंस्थाहरुले पनि घट्नाका सम्बन्धमा बुझ्ने काम गरीरहेका छन् ।
सेनाले भने चोरी शिकारीका लागि त्यहाँ चार दिनदेखि रहेकाहरुलाई गस्तीले चेतावनी दिंदा आफैमाथि फायर गरेपछिको कारवाहीमा उनीहरु मारिएको दावी गर्दै आएको छ ।
प्रकाशित मिति: २०६६ चैत्र ३ ०४:५४
















तपाईंको प्रतिकृया