दलहरुले मतभेद नत्यागे संविधान लेखनमा गम्भीर प्रभावः नेम्वाङ

(0 Votes)

काठमाडौ, चैत्र ३ - संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरूले आ-आफ्ना मत मतान्तरलाई नत्यागे संविधान लेखनमा गम्भीर प्रभाव पर्ने बताएका छन्  ।

उनले भने, 'दलहरुले आ-आफ्ना मत मतान्तरलाई नत्याग्ने र सहमतिको बिन्दुमा पनि चाडै नआउने हो भने यसको असर संविधान लेखन प्रक्रियामा नराम्ररी पर्छ'

निर्धारित मितिमा संविधान जारी गर्न राजनीतिकदलहरूले आ-आˆना अडान त्याग्नुपर्नेमा उनले जोड दिए ।

जिल्ला विकास समिति महासंघले मंगलबार ललितपुरमा आयोजना गरेको नेपालको नयाँ संविधानमा सीमान्तकृत महिला अधिकारसम्बन्धी छलफलको उद्घाटन गर्दै उनले संविधानसभाले तयार गरेका नौवटा प्रतिवेदनका विमति हटाउन राजनीतिक दलहरूलाई आग्रह गर्दै संविधान लेखनका लागि प्राप्त जनादेशको सम्मान गर्न दलको शीर्ष नेताहरुलाई अपिल गरे ।

जिल्ला विकास समिति महासंघका पूर्व अध्यक्ष माधव पौडेलले नयाँ संविधानमा सीमान्तकृत महिलाको हक अधिकार सुनिश्चित गर्ने महासंघले पाँच जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

 

 

 

प्रकाशित मिति: २०६६ चैत्र ३ ०२:५९

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।