आगलागीमा दलित बस्ती सखाप

(1 Vote)
जितेन्द्र खडगा

राजबिराज , चैत्र ३ - सप्तरीको कोईलाडी बसाईनमा सोमवार राति आगलागी हुँदा दलित बस्ती पुरै सखाप भएको छ । आगलागीमा १७ परिवारका ३७ घर जलेर नष्ट हुदा करिव रु ३० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

लामखुटे धपाउन बालिएको घुर सल्केर मुनर खंग खत्वेको घरबाट शुरु भएको आगलागीबाट त्यहाका दलित बस्ती भारि फैलिएको थियो ।

आगलागीमा लत्ता कपडा, खाद्यान्न जलेर नष्ट भएको पीडितहरुले बताएका छन् । राजबिराजबाट १५ किलोमिटर दक्षिण ग्रामीण भेकमा भएको आगलागी नियन्त्रणका लागि राजबिराजबाट बारुण यन्त्र पुग्न दुई घन्टा लागेको थियो । त्यसपछि मात्र स्थानिय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

अग्नि पिडितहरुले हाल सम्म कुनै किसिमको राहत नपाउदा सास्ती भएको छ । पीडितहरु खुला आकाश मुनी बस्न बाध्य भएका छन् । दैवी प्रकोप उद्यार समितिमा बजेट प्रयाप्त नहुदा अग्नि पीडितहरुलाई तत्काल राहत भन्दा केहि मद दगर्न नसकेको प्रमुख जिल्ला अधिकार रामप्रसाध घिमिरेले बताए । उनले भने, पिडितहरुलाई सक्दो राहत उपलब्ध गराउने ब्यवस्था मिलाई रहेको छु ।

सप्तरीमा फागुन महिनामा मात्र १३ गाबिसमा ४० बटा आगलागीको घटना हुदा करिव १२ करोड भन्दा बढीको धनमाल जलेर नष्ट भएको तथ्यांक छ ।

 

प्रकाशित मिति: २०६६ चैत्र ३ ०९:२२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।