माओवादीको विशेष अधिवेशन बोलाउनेबारे कांग्रेसमा छलफल
सहयोगी लिङ्कहरू
काठमाडौं, चैत्र १ - माओवादीको विशेष अधिवेशन बोलाउने, नयाँ संविधान निर्माण र राज्य पुर्नसंरचनाबारे पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्न कांग्रेसका पार्टी प्रतिनिधि तथा वरिष्ठ नेताहरुको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।
माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बनाउने र त्यसका लागि विशेष अधिवेशन बोलाई सरकार विरुद्ध अविश्वास ल्याउने विषयमा पार्टीभित्र छलफल चलाइ रहेको बेलाकांग्रेसले पनि आफ्नो आधिकारिक धारण सार्वजनिक गर्न बैठक डाकेको पार्टी प्रवक्ता अर्जनुनरसिंह केसीले बताए ।
उनले संविधान निर्माणको ७२ दिन बाँकी रहँदा माओवादीले सरकार परिवर्तन गर्न खोज्न उसको संविधान निर्माण विरोधी खेल भएको आरोप लगाए । 'यो माओवादीको संविधान निर्माणविरोधी खेल हो,' उनले भने ।
प्रकाशित मिति: २०६६ चैत्र १ ०५:०१
















तपाईंको प्रतिकृया