असन्तुष्टिबारे अनमिन दलसँग छलफलमा
सहयोगी लिङ्कहरू
काठमाडौ, चैत्र १ - शिविरमा रहेका माओवादी लडाकुको पछिल्लो विवरण उपलब्ध गराउने बिषयमा आलोचना खेपिरहेको अनमिनले आइतबार प्रमुख तीन दलसँग छलफल गरेको छ ।
ललितपुरस्थित एक होटलमा माओवादी, कांग्रेस र एमाले नेतृत्वसँग भएको छलफलमा अनमिनको भूमिका, माओवादी लडाकुको समायोजन र संख्याबारे छलफल भएको छ ।
छलफलमा सहभागी कांग्रेस नेता कृष्ण सिटौलाले अनमिनको भूमिकाबारे पछिल्लो समय सार्वजनिक भएका असन्तुष्टिबारे अनमिन प्रमुख करिन लेनग्रेनले दलहरुको धारणा जान्न चाहेको जानकारी दिए ।
माओवादी नेता कृष्णबहादुर महराले बैठकमा अनमिनको भूमिकाबारे कसैले पनि असन्तुष्टि नजनाएको बताए । उनले शान्ति प्रकृयाको समिक्षाबारे छलफल भएको जानकारी दिए ।
तर बैठकमा कांग्रेस र एमाले नेतृत्वले अनमिनको तठस्थता र लडाकुको एकीन विवरण प्राप्त हुने अपेक्षा गरेको एक सहभागीले बताए । छलफललाई निरन्तरता दिइने बताइएको छ ।
प्रकाशित मिति: २०६६ चैत्र १ ०४:४६
















तपाईंको प्रतिकृया