सरकारले आज सुनको भन्सार वृद्धि गर्ने

(0 Votes)

काठमाडौ, चैत्र १ - सरकारले आइतबार सुनको आयातमा भन्सार वृद्धि गर्न लागेको जानकारी उच्च सरकारी स्रोतले दिएका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद्को आइतबार बस्ने आकस्मिक बैठकले सुनको बजार मूल्य भारतको बराबर बनाउन भन्सार वृद्धि गर्ने भएको छ ।

भन्सार वृद्धिसागै महागो पहेंलो धातुको मूल्य थप बढ्नेछ । भारतले सुनमा नेपालको भन्दा धेरै भन्सार लगाउँदा गत वर्षदेखि नै उच्च मात्रमा सुन भारततिर जाने गरेको

थियो । झन्डै एक महिनाअघि भारतले फेरि भन्सार बढाएपछि तस्करीको सम्भावना अझ बढेको भन्दै ह्यान्डक्यारीमार्फत सुन ल्याउन पनि राष्ट्र बैंकले रोक लगाएको थियो ।

सुनको भारतमा हुने तस्करी रोक्न भन्सार वृद्धि गर्नु अपरिहार्य बनेको र त्यही कारण आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको जानकारी एक मन्त्रीले दिए । मन्त्रिपरिषद्को बैठक सामान्यतः बुधबार मात्र बस्ने चलन छ ।

ती मन्त्रीका अनुसार सुनको आयातमा लाग्ने भन्सारमा प्रति दस ग्राममा करिब ३ सय ५० रुपैयाा वृद्धि गरिनेछ । हाल प्रति दस ग्राम सुन आयातमा १ सय ३० रुपैयाामात्र भन्सार लाग्छ । वृद्धिसागै सुनको भन्सार प्रति दस ग्राम ४ सय ८० रुपैयाा पुग्नेछ । भारतले दुई वर्षदेखि लगातार सुनमा भन्सार बढाइरहेको छ । यस वर्षको बजेटमा उसले प्रति दस ग्राम सुनमा लाग्ने

गरेको भन्सार २ सय भारुबाट बढाएर ३ सय भारु पुर्‍याएको हो ।

मन्त्रिपरिषद्को निर्णयसागै सुनको मूल्य प्रति दस ग्राम ३ सय ५० रुपैयाँ बढ्नेछ । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रति दस ग्राम २७ हजार ७ सय ८० रुपैयाा थियो । भन्सार वृद्धिपछि सुनको मूल्य प्रतितोला (११.६६ ग्राम) मा झन्डै चार सय रुपैयाा मूल्य बढेर भारतको बराबर हुनेछ । त्यसपछि नेपालबाट भारतमा सुरु हुन लागेको तस्करी रोकिनेछ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सुनको आयातमा भन्सार वृद्धि गर्ने बाटो खोल्न अध्यादेश पारित गरेको थियो । राष्ट्रपति रामवरण यादवद्वारा बिहीबार जारी अध्यादेशमा सरकारले आवश्यकता अनुसार भन्सार वृद्धि गर्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्ले आइतबार बैठक बोलाई अध्यादेशको त्यही व्यवस्थाका आधारमा सुनको भन्सार वृद्धि गर्न लागेको हो । कुनै पनि सामानमा बजेटले तोकेको भन्सार घटाउन या बढाउन सरकारले कानुन नै संशोधन गर्नुपर्ने, तर हाल संसद् अधिवेशन नभएकाले सुन आयातसम्बन्धी अध्यादेश जारी गर्नुपरेको हो । अध्यादेश छ महिनाको अस्थायी कानुनी प्रबन्ध हो । सरकारले संसद् चलेपछि अध्यादेश अनुमोदन गरी कानुनमा नै संशोधन गरी सुनमा भन्सार वृद्धिको स्थायी व्यवस्था गर्नुपर्नेछ ।

साताभर ओरालो

स्थानीय बजारमा यस साता सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएकाले स्थानीय बजार प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला सुनको मूल्य ३२ हजार ७ सय ५२ (प्रतिदश ग्राममा २८ हजार ८०) रुपैयाँ रहेको थियो । शुक्रबार

यो घटेर तोलामा ३२ हजार ४ सय (दश ग्राममा २७ हजार ७ सय ८०) रुपैयाँ निर्धारण भयो ।

दुई सातादेखि ह्यान्ड क्यारीमार्फत सुन आयात हुन रोक लगाएपछि स्थानीय बजारमा पर्याप्त सुन नभएपछि सिजन नभएकाले खासै अभाव नभएको संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार सोमबार प्रति दस ग्राम सुनको आइतबारकै मूल्यमा किनबेच भयो । मंगलबार र बुधबार दस ग्राम पहेंलो धातु २७ हजार ९ सय ५० रुपैयाँमा किनबेच भयो । बिहीबार गिरावट आई दस ग्राम सुन २७ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भयो ।

 

 

 

प्रकाशित मिति: २०६६ चैत्र १ ०९:२६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।