गणेशमानलाई उपाधि

(0 Votes)

काठमाडौ, फाल्गुन ९ -

तीन दशक लामो खेल जीवन बिताएयता गणेशमान दुवालले  चेसको पहिलो ठूलो उपाधि जितेका छन् । भक्तपुरका ५३ वर्षीय भेट्रान खेलाडीले मखन चेस रेटिङमा नौ अंकसहित शीर्ष स्थान हात पारे ।

उनले ११ औं तथा अन्तिम चरणको पहिलो बोर्डमा धर्म लामालाई हराए । त्यस अगाडिसम्म उनको जित टुंगो लागेको भने थिएन । दोस्रो बोर्डमा पुण्यमान कर्माचार्य सुरवीर लामासँग पराजित भएपछि गणेशमानको भाग्य खुलेको हो । पुण्यमान आठ अंकमा सीमित रहे । जितको स्थितिमा पुण्यमानले उपाधि जित्ने तय थियो । समग्रमा गणेशमानको यो दोस्रो उपाधि हो । उनले ११ चरणमध्ये आठमा जित र दुईमा बराबरी खेलेको थियो । पराजित एकै खेल संयोगले पुण्यमानविरुद्ध रहेको थियो ।

'लामो समयको प्रतीक्षापछि पहिलो ठूलो उपाधि जितेकामा म स्वाभाविक खुसी छु,' गणेशमानले भने । अर्कोतर्फ आफ्नो सानो असावधानीले खेल गुमाउन बाध्य रहेको पूर्वनेपाल च्याम्पियन पुण्यमानले भने । पुण्यमानका लागि दसौं चरणमा धर्मसँग बराबरी खेल्नु दुर्भाग्य रह्यो । गणेशमानले पनि दसौं चरणमा साजन पाण्डेसँग बराबरी खेलेका थिए ।

विजेताले १० हजार रुपैयाँ हात पारे । उपविजेता आठ हजार रुपैयाँमा सीमित रहे । शीर्ष पाँच स्थानमा रहेका अन्यमा क्रमशः साजन, सुरवीर र रिजेन्द्र राजभण्डारी रहे । सबैको समान ७.५ अंक रहे पनि प्रोगेसिभ प्वाइन्टले अगाडि पछाडि परे । अन्तिम चरणमा साजनले राजन पुरीसँग बराबरी खेले भने रिजेन्द्रले रूपेश जैसवाललाई हराए ।

प्रकाशित मिति: २०६६ फाल्गुन ९ ०६:०६

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।