म्याराथनमा सेना र एपीएफको वर्चस्व

(0 Votes)
धर्म पौड्याल/आनन्द गौतम

फुङलिङ (ताप्लेजुङ), फाल्गुन ३ - पाथीभरा म्याराथनमा आइतबार नेपाली सेना र सशस्त्र प्रहरीको बर्चस्व रहेको छ । 

आइतबार सम्पन्न म्याराथनको खुलातर्फ भवानी दल गण इलामका समीर तामाङ प्रथम, सोही गणका तीर्थबहादुर तामाङ द्वितीय तथा त्रिभुवन आर्मी क्बलका लेटरसिंह खत्री तृतीय भएका छन् ।

उनीहरूले निर्धारित दूरी क्रमशः ४ घन्टा १२ मिनेट ४६ सेकेन्ड, ४ घन्टा १८ मिनेट २२ सेकेन्ड तथा ४ घन्टा २१ मिनेट ४९ सेकेन्डमा पार गरेका थिए ।

गत वर्ष नेपाली सेनाका राजेन्द्र भण्डारीले यही दूरी ४ घन्टा ३ मिनेटमा पार गरेका थिए ।

महिला तर्फको उपाधि सशस्त्र प्रहरी क्लब -एपीएफ) की कान्छीमाया कोजुले हात पारिन् । उनले निर्धारित दूरी ३ घन्टा २९ मिनेट १२ सकेन्डमा पार गर्दै प्रथम भएकी छन् । ताप्लेजुङको दाखु निवासी स्थानीय गृहणी बेदना गुरुङ ३ घन्टा ३३ मिनेट २० सेकेन्डमा दूरी पार गर्दै द्वितीय भएकी छन् । उनी गत वर्षकी विजेता हुन् ।

तृतीय स्थान एपीएफकी कृष्णेश्वरी शिन्तकलाले प्राप्त गरिन् । उनले निर्धारित दूरी ३ घन्टा ३६ मिनेट २० सेकेन्डमा पार गरिन् ।

गत वर्षभन्दा यस वर्ष खुला तर्फको दौडमा बढी समय लागेको छ भने महिलातर्फ हाफ म्याराथनमा झन्डै १ घन्टा ७ मिनेटको अन्तर देखिएको छ । गत वर्ष महिला तर्फको दौडमा पहिलो हुनेले ४

घन्टा ३७ मिनेटमा मात्र दूरी पार गरेका थिए ।

यता यस वर्ष खुला तर्फको दौडमा केही अवधि लम्बिएको छ । गत वर्ष खुला तर्फको उपाधि नेपाली सेनाका भण्डारीले ४ घन्टा ३ मिनेटमा पार गरेका थिए । यस वर्ष प्रथम बनेका समीर गत वर्षको म्याराथनमा द्वितीय भएका थिए ।

हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसनले प्रायोजन गरेको खुला म्याराथन तथा हाफ महिला म्याराथनका विजेताले क्रमशः ४०, ३० तथा २० हजार तथा २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे । विजेतालाई स्पाइस नेपाल प्रालिका तर्फबाट १-१ थान मोबाइल सेट पनि दिइयो ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन ३ ०९:२४

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।