आठ महिनाको गर्भसहित घर फिर्ता
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २९ - वैदेशीक रोजगारीका लागि साउदी अरब पुगेका चार महिला कामदार शुक्रबार त्रिभुवन बिमानस्थलमा उत्रिए ।
उनीहरूमध्ये एक महिला आठ महिने गर्भ लिएर फिरेकी छिन् । एक जना बलात्कृत र मानसिक बिक्षिप्त अवस्थामा घर आइपुगेकी छन् ।
उनीहरू इलाम, मोरङ, सिन्धुली र पाल्पाका हुन् । साउदीको रियादस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी पठाएको हो । पीडितहरूलाई पौरखी नेपालले आश्रय दिएको छ । उनीहरू घरेलु काममा भारतीय बाटो हँुदै साउदी पुगेका थिए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २९ १०:०४
















तपाईंको प्रतिकृया