गाडी नदिएको झोंकमा राज्यमन्त्रीद्वारा एलडीओका भान्सेमाथि हातपात

(0 Votes)
देव नारायण साह

१६

सिरहा, फाल्गुन २९ - पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री शत्रुधन प्रसाद सिंह कोइरीले गाडी माग्दा नदिएको झोकमा सिरहाका स्थानीय विकास अधिकारीका भान्से बिरीराम दाहाललाई हातपात गरेका छन् ।

शनिवार बिहान स्थानीय विकास अधिकारी लालमणि ओझासँग गाडी माग गर्दा 'फिल्डमा पठाएको' जवाफ दिएपछि रिसाएका कोइरी जिविस ग्यारेजमा पुगेका थिए । ग्यारेमा गाडी फेला परेपछि सहयोगीसहित स्थानीय विकास अधिकारी निवासमा जाँदा उनी नभेटिएपछि कोइरीले भान्से दाहाललाई हातपान गरेका हुन् । 'मलाई सोधे एलडिओ खोई, मैले थाहा छैन हजुर भनेपछि एक्कासी मलाई हातपात गर्न थाले,' पीडित दाहालले भने, 'म रुँदै कराउदै त्यहाँबाट भागेर ज्यान जोगाँए ।'

मन्त्री कोइरीले त्यसअघि प्रमुख जिल्ला अधिकारी बीरेन्द्र यादवले पठाएको पिकअप भ्यान पुरानो भएको भन्दै जिविसको लक्जरी गाडी माग गरेका थिए ।

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी निवासमा सुरक्षा प्रमुखहरु, स्थानीय विकास अधिकारी र मन्त्री समेतको उपस्थितिमा बैठक बसेको थियो । बैठकमा मन्त्रीले आफूबाट गल्ती भएको भनी महसुस गरेकोले कानूनी प्रक्रिया अगाडी नबढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी बीरेन्द्र यादवले बताए ।



प्रकाशित मिति: २०६६ फाल्गुन २९ १०:०५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।