माओवादीविरुद्ध लाग्न कार्यकर्ताहरुलाई निर्देशन
खोटाङ, फाल्गुन २९ - एमाले अध्यक्ष झलनाथ खनालले माओवादीको उद्दण्ड व्यवहारका कारण आफ्ना कार्यकर्तामाथि आक्रमण, कुटपिट, ढुङ्गामुढा भइरहेको बताएका छन् ।
खोटाङको दिक्तेलमा शनिबार एमाले कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष खनालले त्यस्ता क्रियाकलापको प्रतिकार गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष खनालले माओवादी र काङ्ग्रेस एकअर्काका अर्घेली भएको बताउँदै दृढ सङ्कल्प र अठोटका साथ अराजक तत्वको बिरुद्ध लाग्न कार्यकर्तालाई आव्हान गरे ।
माओवादीको हिंसात्मक व्यवहार, अविश्वास, सहमति कार्यान्वयन नगरेको र सेना समायोजन गर्न तत्पर नरहेकाले समयमै संविधान बनाउन नसकिने स्थिति देखा परेको उनले बताए । अध्यक्ष खनालले सहमति र सहकार्यको वातावरण तयार भए आफूहरुले सरकार छाड्न समेत तयार भएको बताए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०८:३७

















तपाईंको प्रतिकृया