सभाध्यक्षद्वारा शीर्ष नेताहरुलाई उपत्यका नछाड्न आग्रह

(0 Votes)
कुलचन्द्र न्यौपाने

काठमाडौ, फाल्गुन २९ - संविधानसभा अध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरुलाई संविधान नबनेसम्म उपत्यका नछाड्न आग्रह गरेका छन् । शनिबार शीर्ष नेताहरुको बैठक बोलाइ उनले संविधानका लागि गम्भीर हुनसमेत आह्वान गरेका छन् ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु सहभागी थिए । उनले नेताहरुलाई बाहिरको कार्यक्रमहरुमा नजान र संविधानका लागि गम्भीर हुन आग्रह गरेका हुन् ।

'म पनि चैत २ देखि राजधानीबाहिरका कार्यक्रममा जाने छैन, तपाईहरु पनि बाहिरका कार्यक्रममा नजानुहोस' नेम्वाङको भनाई उदृत गर्दै संविधानसभा सचिवालय स्रोतले भन्यो, 'निरन्तर बैठक राखेर समयमै संविधान निर्माण गर्ने प्रयास थाल्नुपर्छ ।'

संविधानसभा अध्यक्षको आग्रहपछि नेताहरुले राजधानीबाहिरका कार्यक्रम नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । माओवादी नेताहरुले आफ्ना सभासद्लाई पनि राजधानीबाहिर नजान निर्देशन जारी गरिसकेको जानकारी दियो ।

संविधान जारी गर्ने मिति नजिकिंदै जाँदा पनि दलहरुबीच सहमति जुट्न नसक्दा संविधान अगामी जेठ १४ गते जारी हुनेमा आशंका कायमै छ । कांग्रेस नेता पौडेलले बैठकमा समयमै संविधान जारी गर्नेबारे छलफल केन्दि्रत रहेको बताए ।

संविधानका लागि असहमतिका प्रमुख मुद्दाका रुपमा राज्यको पुर्नसंरचना र शासकीय स्वरुप रहेको छ । ती विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउदै जाने एमाले प्रमुख सचेतक भीम आचार्यले बताए ।   

 

प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०८:१०

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।