चित्त बुझ्दो काम नगरे एमालेले अरु मन्त्रीलाई पनि फिर्ता बोलाउने

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौं, फाल्गुन २९ - प्रमुख सत्तारुढ दल एमालेले चित्त बुझ्दो काम नगरे मन्त्रीहरुलाई फिर्ता बोलाउन सक्ने जनाएको छ ।

केन्द्रीय कमिटीका निर्णय जानकारी दिन शनिबार पार्टी मुख्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष झलनाथ खनालले यस्तो बताएका हुन् । 'पार्टीको अनुशासन तोड्ने र चित्तबुझ्दो काम नगरे सरकारमा पठाइएका मन्त्रीहरुलाई फिर्ता बोलाउन सकिन्छ,' उनले भने ।

गृह राज्यमन्त्री रिजवान अन्सारीले पार्टी नीति बिपरित अभिव्यक्ति दिएकाले राजीनामा दिन लगाइएको खनालले बताए । 'एमाले अनुशासित पार्टी हो,' खनालले भने, 'उहाँ (गृह राज्यमन्त्री रिजवान अन्सारी) ले रिपोर्टर्स क्लवमा गएर पार्टी नीति बिपरित अभिव्यक्ति दिएकाले राजीनामा मागिएको हो ।'

गृहराज्यमन्त्री रिजवान अन्सारीले बुधबार दिउँसो आफ्नो पदबाट राजीनामा दिएका थिए । गृहमन्त्री भीम रावलले शान्ति सुरक्षा कायम गर्न नसकेको र आफूलाई काम गर्नसमेत नदिएको अभिव्यक्ति दिएपछि रिसाएका प्रधानमन्त्रीले गृह राज्यमन्त्रीलाई पद छाड्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: २०६६ फाल्गुन २९ ०६:५२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।