सैनिक अधिनायकवाद लाद्ने षड्यन्त्र: माओवादी
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २८ - लडाकुको सामुहिक समायोजन नहुने प्रधानसेनापतिको भनाईप्रति माओवादीले आपत्तिजन जनाउँदै सैनिक अधिनायकवाद लाद्ने सुनियोजित षड्यन्त्र भनेको छ ।
शुक्रबार साँझ ईकान्तिपुरसंग प्रतिक्रिया दिंदै माओवादी प्रबक्ता दीनानाथ शर्माले सेनालाई राजनीतिक वक्तव्य दिने अधिकार नभएको बताए ।
'सेनाले आफूलाई संविधान, राज्यशक्ति, सरकारभन्दा पृथक राखेर अभिव्यक्ति दिएको छ । यो शान्तिप्रक्रिया भाड्ने र संविधान बन्न नदिने षड्यन्त्रअनुरुप सुनियोजित रुपमा आएको अभिव्यक्ति हो,' उनले भने ।
सेनापतिको अभिव्यक्ति लोकतान्त्रिक मूल्य मान्यता र संविधानविपरीत भएको दाबीसमेत उनले गरे । 'मुलुकमा राजनीतिक संकट चरम अवस्थामा पुगेका बेला सेनाले गृहयुद्ध मच्चाउन खोजेको छ,' उनले भने ।
सेनापति छत्रमान सिंह गुरुङले शुक्रबार जंगीअड्डामा संयुक्त राष्ट्र संघका उप-महासचिव बी लिन पास्कोसंगको भेटवार्तामा माओवादी सेनाका लडाकुलाई व्यक्तिगत आधारमा योग्यता पुर्याएर सेनामा लिन सकिएपनि सामुहिक समायोजन गर्न नसकिने बताएका थिए ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०९:२१
















तपाईंको प्रतिकृया