लाहोरमा आत्मघाती आक्रमणमा ३९ जनाको मृत्यु

(0 Votes)

काठमाडौं, फाल्गुन २८ - पाकिस्तानको लाहोरस्थित भीड भरिएको क्षेत्रमा बिहीबार भएको आत्मघाती हमलामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये आधा दर्जन भने सुरक्षाकर्मी छन् ।

आत्मघाती हमलामा अन्य सयौं सर्वसाधारण घाइते भएको बीबीसीले जनाएको छ । आत्मघाती हमला सुरक्षाकर्मीको सवारीलाई लक्षित गरी दुई ठाँउमा एकैपटक भएको हो । आत्मघाती हमलाको कसैले पनि जिम्मेवारी लिएका छैनन् ।

पाकिस्तानमा केही दिनयता चरमपन्थी हमला तीब्र भएको छ । पछिल्लो पटक मात्र सोमबार भएको आक्रमणमा १३ जनाको ज्यान भएको थियो ।

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०६:२७

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।