'लडाकु शिविरमा राखेर चुनावमा जाने माओवादी रणनीति'

(0 Votes)
शंकर आचार्य

पर्सा, फाल्गुन २८ - कांग्रेस उपसभापति प्रकाशमान सिंहले माओवादीले आफ्ना लडाकुलाई शिविरभित्र राखेर अर्को चुनावमा जाने रणनीति बनाएको आरोप लगाएका छन् । शुक्रबार वीरगन्जमा प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान निर्माण अघि नै लडाकु समायोजन हुनुपर्ने बताए ।

माओवादीले कब्जा गरेका सम्पूर्ण घर जग्गा फिर्ता गर्नु पर्ने र बिस्थापितहरुलाई पुर्नस्थापित गर्नु पर्ने उनले बताए । नेता सिंहले जेठ १४ भित्रै कुनै पनि हालतमा संविधान बन्ने र उक्त संविधान जनमुखी लोकतान्त्रिक हुने दाबी गरे । बर्तमान सरकारको गतिबिधिप्रति असन्तुष्टी जनाउदै सिंहले शान्ति सुरक्षा दिन सरकार असफल भएको आरोप लगाए ।

पार्टी भित्रको अन्तरबिरोध समाधान हुने क्रममा रहेको बताउँदै सिंहले अधिकांश जिल्लाको विवाद समाधान भइसकेको र महाधिवेशन अघि बाँकी जिल्लाको पनि विवाद समाधान भइसक्ने दाबी गरे ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०६:१७

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।