संविधान नबने दोषको भागीदार माओवादी'

(0 Votes)

धनगढी, फाल्गुन २८ - पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तोकिएको मितिमा संविधान जारी हुन नसके त्यसको सम्पूर्ण दोषको भागीदार माओवादी हुने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घले शुक्रबार यहाँ आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उनले १२ बुँदे सहमति, द्वन्द्वकालमा कब्जा गरिएका जग्गा फिर्ता, छ महिनाभित्र माओवादीका लडाकू समायोजन, माओवादीसम्बद्ध अर्धसैनिक संरचना वाईसीएल भङ्ग गर्ने विषय विस्तृत शान्तिसम्झौतामा उल्लेख भए पनि त्यसमा गरिएको सहमतिअनुरुप माओवादीले नगरेकामा खेद प्रकट गरे । "आफैँ सहमति एवम् समझदारीमा हस्ताक्षर गर्ने र आफैँ लागु नगर्ने माओवादीको कस्तो रवैया हो ?" देउवाले प्रश्न गरे ।

एकदलीय सर्वासत्तावाद नेपालमा कुनै हालतमा लागु हुँदैन र लागु भए पनि त्यो टिकाउ हुँदैन भन्दै देउवाले माओवादीले तर्साएर सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । स्वतन्त्रताबिनाको समाजको परिकल्पनासम्म गर्न नसकिने भन्दै नेता देउवाले नेपालमा चलिरहेको स्वतन्त्रताको लडाइँमा लाग्न विद्यार्थी नेतालाई आग्रह गरे ।

नेविसङ्घका अध्यक्ष प्रदीप पौडेलले काङ्ग्रेस बचाउन साङ्गठनिक युवा दस्ताको आवश्यकता भइसकेको बताए ।

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०५:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।