नेप्सेमा गिरावट जारी
काठमाडौं, फाल्गुन २८ - सेयर लगानीकर्ताको आन्दोलन पछि सुधार हुने आशा गरिएको सेयर बजार विश्लेषकको अपेक्षाविपरीत नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसुचकमा गिरावट आउनेक्रम जारी छ ।
विभिन्न कम्पनिको साधारण सेयर किनबेच जारी भएकोले लगानीकर्ता दोस्रो बजारतर्फ कम आकर्षित देखिएका छन् । अहिले नेप्से बढ्न नसक्नुको मूलकारण ब्याङ्कहरूले लिने ब्याजदर प्रमुख कारण भएको नेपाल धितोपत्र लगानीकर्ता सङ्घका अध्यक्ष रमेशकुमार निरौलाको भनाइ छ ।
ब्याङ्कले मुद्दती खातामा १२ प्रतिशत सम्म ब्याज दिएको कारण लगानीकर्ताले जोखिम उठाउन नचाएको उनले जानकारी दिए । सेयर बजारलाई उकास्न सेयर कर्जा १८ प्रतिशतबाट कम हुनुपर्ने उपाध्यक्ष निरौलाले बताए ।
सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच भएको सहमति हालसम्म पनि कार्यान्वयन हुने नसकेको निरौलाले जानकारी दिए । बिहीबारको नेप्सेको विन्दु चारसय ८६ दशमलव २५ प्रतिशत रहेको थियो । रासस
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०४:४९

















तपाईंको प्रतिकृया