सेनाले तीन महिलाको हत्या गरेको घटनाबारे छानबिन हुने
सहयोगी लिङ्कहरू
काठमाडौं, फाल्गुन २८ - बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा सेनाले गोली चलाउँदा एक बालिकासहित स्थानीय तीन महिलाको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गर्ने भएको छ ।
फागुन २६ गते राति भएको त्यस घटना अनुसन्धान गर्न नेपालगञ्ज क्षेत्रीय कार्यालयको टोली घटनास्थलतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ । घटनाको सत्यतथ्य जानकारीका लागि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाली सेना र गृहमन्त्रालयलाई पत्राचार गरेको सचिव विशाल खनालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
निकुञ्ज सुरक्षार्थ खटिएका ज्वालादत्त गणका सेनाले चलाएको गोलीबाट सुर्खेत हरिहरपुरकी १२ वर्षिया चन्द्रकला बिक, ३३ वर्षिया अमृता बिक र ३५ वर्षिया देवीसरा बिकको मृत्यु भएको थियो । आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम अबिलम्ब कारबाही गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०३:२०
















तपाईंको प्रतिकृया