लेखा समितिले सुजातासंग स्पष्टिकरण लिने
सहयोगी लिङ्कहरू
काठमाडौ, फाल्गुन २८ - सार्वजनिक लेखा समितिले उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले समितिको विषयमा दिएको दिएको अभिव्यक्ति बारे स्पष्टिकरण लिने भएको छ । कोइरालाले केही समय अघि समितिमा अलोकतान्त्रिक व्यक्तिहरुको भिड रहेको अभिव्यक्ति दिएकी थिइन ।
समितिको शुक्रबार बसेको बैठकले कोइरालाको उक्त अभिव्यक्ति प्रति आपत्ति जनाउँदै स्पष्टिकरण लिने निर्णय गरेको हो । फागुनको दोस्रो साता एमआरपी (पासपोर्ट) छपाई सम्बन्धी समितिले दिएको निर्देशनपछि आक्रोशित मन्त्री कोइरालाले सार्वजनिक कार्यक्रमा लेखा समितिप्रति रोष प्रगट गरेकी थिइन । समितिले स्पष्टिकरणका लागि कोइरालालाई चैत्त ७ गते बोलाएको छ । समितिको बैठकले चार कम्पनीसंगको टेण्डर प्रक्रिया रद्ध नगर्न पुनः निर्देशन दिएको छ । मन्त्री कोइराला भने भारतको एक कम्पनीसंग एमआरपी छपाउने अडान राख्दै आएकी छन् । समिति सभापति यादव अनुपस्थित भएपछि जेष्ठ सदस्य रामनारायण सिंहको अध्यक्षतामा बैठक बसेको थियो ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०१:३३
















तपाईंको प्रतिकृया