'दलहरुबीच सहमति भए समयमै संविधान'
इलाम, फाल्गुन २८ - संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीच सहमति बन्न सके निर्धारित मितिमा नै संविधान बन्ने विश्वास व्यक्त गरेका छन् । इलाम नगरपालिकाको कार्यालयले आयोजना गरेको नगरपालिका पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष उनले जनता र मुलुकको हितका लागि एक भएर अघि बढ्नुको विकल्प नभएको वताए । उनले दलहरु दश तिर मुख फर्काएर लागे मुलुकको अवस्था बिग्रन बेर नलाग्ने बताउदै एक भएर संविधान निर्माणमा जुट्न आग्रह गरे । 'निरंकशुताको विरुद्ध एक भएर लडेका दलहरु अहिले किन दशतिर मुख फर्काउँछन् ?' उनको प्रश्न थियो । नेम्वाङले पर्यटन र वातावरणको क्षेत्रमा क्रियाशील पत्रकारहरु उमेश गुरुङ र कोकिला ढकाललाई नगरपालिका पत्रकारिता पुरस्कार प्रदान गरे । नगरपालिकाले यसै वर्षदेखि प्रोत्साहन गर्न एक पुरुष र एक महिला पत्रकारलाई पुरस्कार वितरण गर्न थालेको हो । पुरस्कारको राशी जनही ५ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: २०६६ फाल्गुन २८ १२:३४

















तपाईंको प्रतिकृया