आर्थिक अध्यादेश संशोधन

(0 Votes)

काठमाडौ, फाल्गुन २८ -  राष्ट्रपति रामवरण यादवले विदेशबाट वस्तु आयात गर्दा लाग्ने भन्सार तथा कर बढाउन सक्ने अधिकारसहित आर्थिक अध्यादेश जारी गरेका छन् । विशेषगरी सुनलगायत केही सीमित बिलासिताका वस्तु आयातका कारण भुक्तानी सन्तुलन ऋणात्मक भएपछि यिनको भन्सार बढाउने बाटो खोल्न मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृत गरेको थियो । अध्यादेश बिहीबार जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आर्थिक ऐनमा यस्ता वस्तुको भन्सार तथा करका दर घटाउन सक्ने व्यवस्था भए पनि बढाउन सक्ने व्यवस्था नभएकाले संशोधन गनर्ुपरेको हो । यससँगै यस्ता दर परिवर्तन गर्न सक्ने अधिकार सरकारलाई प्राप्त भएको छ ।  ६ महिनाभित्र व्यवस्थापिका संसदबाट स्वीकृत गर्ने गरी आयात गर्दा लाग्ने भन्सार र करका दर बढाउन सक्ने प्रावधान थप गरिएको अर्थ मन्त्रालय स्रोतले बतायो । 'तर करका दरमा कुनै फेरबदल गरिएको छैन ।'

भारतको बजेटले सुनको भन्सार प्रति दस ग्राम ३ सय २० रुपैयाँबाट ४ सय ८० रुपैयाँ पुर्‍याएपछि भन्सार दरबन्दी पुनरावलोकन गर्न नेपाल सरकारलाई दबाब परिरहेको छ । त्यसअघि नै प्रति दसग्राम १ सय ९० रुपैयाँ कम हुँदा अर्बौं रुपैयाँको सुन आएर भारत जान थालेको छ । यसैका कारण शोधनान्तर घाटा २० अर्ब रुपैयाँको हाराहारीमा पुगिसकेको छ । सुन भारत जाने तर त्यसबापतको रकम नेपाली वित्तीय प्रणालीमा नआएकाले तरलता अभाव समेत हुँदै आएको छ ।

राजनीतिक जटिलता नफुकेकाले व्यवस्थापिका संसदको बैंठक बस्ने कुनै टुंगो नभएपछि अध्यादेशको बाटो लिनु परेको सम्बद्ध अधिकारीले बताए ।

 

प्रकाशित मिति: २०६६ फाल्गुन २८ ०९:५३

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।